May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

रिजल्ट चेक गर्न एसएमएस गर्दा अघिल्लो बर्ष कै नतिजा देखाएपछी……

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १३:१७
रिजल्ट चेक गर्न एसएमएस गर्दा अघिल्लो बर्ष कै नतिजा देखाएपछी……

काठमाडौं ।।

  • दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा विद्यार्थी समस्यामा
  • त्रिविको लापरबाहीले हद नाघ्यो 
  • अनलाइन अपडेट नै नभएको 

त्रिभुवन परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) को दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा विद्यार्थी समस्यामा परेका छन् । कार्यालयले बिहीबार नतिजा प्रकाशित गरिएपछि विद्यार्थीले नतिजा हेर्नको लागि ३३६२४ मा आफ्नो सिम्बोल नम्बर राखेर एसएमएस गर्दा पहिलो वर्षको अर्को परीक्षार्थीको नतिजा देखाइरहेको विद्यार्थीले बताएका छन् ।

विद्यार्थी विष्णु पौडेल भन्छन्, ‘त्रिविको लापरबाहीले पनि हद नाघ्यो हिजै यस्तो समस्या भईरहेको छ भनेर खबर गरेको अहिलेसम्म अपडेड गरिएको छैन ।’ नतिजा आएको सूचना पाएपछि एसएमएस गरेर नतिजा हेर्न खोज्दा रमेश कार्कीको पहिलो वर्षको नतिजा देखाएको उनले बताए । यस्तो समस्या देखिएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा फोन गरेर जानकारी गराउँदा समेत अहिलेसम्म सम्बोधन नभएको उनले बताए ।

अर्का विद्यार्थी विवे राज ओझाले पनि आफ्नो नतिजा हेर्नको लागि एसएमएस गर्दा विन्दिया नाम गरेको विद्यार्थीको पहिलो वर्षको नतिजा आएको बताए । उनी भन्छन् ‘यो त साह्रै लापरबाही भएन भनेको ? करिब एक वर्षपछि नतिजा निकालेको छ अझै अनलाइन अपडेट छैन ।’ त्रिवि पनिकाले एमपीए दोस्रो वर्षको परीक्षा २०७९ साल भदौ-असोजमा सञ्चालन गरेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।