May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

च्यासलमा ओली र वामदेवबीच भेटवार्ता हुँदै

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १३:0६
च्यासलमा ओली र वामदेवबीच भेटवार्ता हुँदै

काठमाडौं ।।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता हुन लागेको छ ।

  • ओली र वामदेवबीच च्यासलमा भेटवार्ता हुँदै
  • ७० वर्षे प्रावधान हटाए पार्टीमा आउंछु : गौतम

एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । अहिले केहीबेरमा भेटवार्ता हुन लागेको एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डले जानकारी दिए ।

“अहिले एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ताको तयारी भएको छ,” उनले भने, “नेताहरु बाटोमा हुनुहुन्छ ।” भेटमा पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । गौतमले एमालेको विधानबाट ७० वर्षे प्रावधान हटाए पार्टीमा आउने बताउँदै आएका छन् ।

एमालेले विधानको सो व्यवस्था हटाएको छ । शनिबार मात्रै ओलीले एक कार्यक्रममा ७० वर्षे प्रावधानले असहजता सिर्जना गरेकाले हटाइएको बताएका थिए ।

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।