sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० ११:५९
कोशीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । हराइरहेका २८ जनाको खोजी जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्वार र खोजीमा जुटेका छन् ।

पहाडी भेगमा आज पनि पानी परिरहेकाले खोजउद्धार प्रभावित भएको बताइएको छ । सशस्त्रका डीआईजी अन्जनीकुमार पोखरेलले खोजी कार्य जारी रहेको बताए । तर, दुई दिन नाघिसकेकाले उनीहरूको जीवितै उद्धार हुने सम्भावना समेत न्यून रहेको बताइएको छ ।

संखुवासभाको सुपर हेवा खोला जलविद्युत आयोजनामा कार्यरत १८ जना मजदुर हेवा खोलाको बाढीले बगाएर बेपत्ता भएका छन् । सोमबार बिहानसम्म पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन । पहिरोले घर पुर्दा १० र बाढीले बगाएर १८ जनासहित २८ जना बेपत्ता भएका छन् ।

पहिरोले पुरेर र खोलाले बगाएर ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष, एक बालिका र २ महिला छन् । ताप्लेजुङमा ३, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका- ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ- ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् । यस्तै एलिशा माझीको पनि मृत्यु भएको छ ।

शनिबार रातिदेखिको अविरल वर्षापछि हिमाली र पहाडी जिल्लामा बाढी पहिरो गएपछिको उत्पन्न परिस्थिति मूल्यांकन गरी राहत तथा उद्धारको कार्य अघि बढाइने मन्त्रालयका प्रवक्ता तथ उपसचिव अर्जुन निरौलाले जानकारी दिए ।

उनले भने, ‘प्रदेश मन्त्रीस्तरीय छलफलपछि राहत तथा उद्धार कार्य अघि बढाउने तयारी भएको छ ।’

आइतबार कोशी प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी क्षतिको विवरण लिई राहत उद्धार शुरु गरिने निर्णय भएको निरौलाले बताए ।

आइतबार नै कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले बाढीपहिरो प्रभावित जिल्लाको हेलिकप्टरबाट अनुगमन गरेको थियो ।
बाढीका कारण मेचीराजमार्गअन्तर्गतका विभिन्न पुलमा क्षति पुगेको छ । यसैगरी निर्माणाधीन र निर्माण सम्पन्न हाइड्रो पावर कम्पनीहरुको संरचनामा समेत क्षति पुगेको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार सबैभन्दा ठूलो क्षति संखुवासभामा भएको छ । बाढीले मोटरेवल, बेलिब्रिज र झोलुङ्गेसहित १३ वटा पुलहरू बगाएको छ ।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid