May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १६:१२
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त

नयाँ दिल्ली– भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन्। वरिष्ठ आईपीएस अधिकारी सिन्हाले जुन ३० बाट आफ्नो कार्यभार सम्हाल्ने छन्।

सिन्हा भारतीय पुलिस सेवा (आईपीएस)को १९८८ ब्याचको छत्तिसगढ क्याडरका अधिकारी हुन्। उनी २ वर्षको कार्यकालका लागि ‘रअ’को प्रमुख नियुक्त भएका हुन्।

हाल रअ प्रमुख सामन्त गोयल छन्। सामन्तको कार्यकाल यही जुन ३० तारिखमा सकिँदैछ।

सिन्हा क्याबिनेट सचिवलालयमा विशेष सचिव पदमा कार्यरत छन्। भारत सरकारको मन्त्रिपरिषद्‌ले उनलाई २ वर्षका लागि रअ प्रमुख नियुक्त गरेको हो।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट