May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

म धार्मिक हुँ तर कारागार मै बस्न लेखेको रैछ : बालकृष्ण खाँण

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० ११:0४
म धार्मिक हुँ तर कारागार मै बस्न लेखेको रैछ : बालकृष्ण खाँण

काठमाडौं ।।

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

  • सुन्धाराको एउटा कोठामा टोपबहादुर रायमाझी  र खाँणसहित ६ जना बन्दी रहेको 
  • आदेशपछी खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राखियो 
  • बन्दीहरु डिल्लीबजार कारागारमा नै बस्न रुचाउने 
  • ‘म धार्मिक स्वभावको मान्छे पनि हुँ,देशी-विदेशी शक्तिले मलाइ फसाए : खाँण

केन्द्रीय कारागार, सुन्धाराको एउटा कोठामा खाँणसहित ६ जना बन्दी छन् । सोही कोठामा पूर्वऊर्जामन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी पनि छन् ।

जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो ।

कारागारमा बसेपछि प्रशासनका अधिकारीहरुले उनीहरुसँग कुराकानी समेत गरेका थिए । स्रोतका अनुसार शरणार्थी प्रकरणका कतिपय बन्दीहरुले डिल्लीबजार कारागार सरुवा हुन चाहेका छन् । केन्द्रीय कारागारको तुलनामा थोरै कैदीबन्दी हुने र भेटघाटका लागि पनि सहज वातावरण हुने भएकाले धेरैको रोजाइमा डिल्लीबजार कारागार पर्छ । त्यसैले अधिकारीहरुले खाँणलाई पनि डिल्लीबजार जान चाहे-नचाहेको बारे सोधेका थिए ।

जवाफमा उनले केन्द्रीय कारागार नै ठिक भएको बताएका थिए । ‘म धार्मिक स्वभावको मान्छे पनि हुँ, के गर्नु यस्तै लेख्या रैछ ! जता बसेपनि जेल जेलै हो’, खाँणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कारागार अहिले पहिलेको जस्तो रहेनछ ।’

विद्यार्थी आन्दोलनका क्रममा २०३६ सालमा पनि आफू जेल बसेको स्मरण गर्दै खाँणले जेल आफूले पहिले सोचे जस्तो नभएको बताए । ‘यहाँ त आन्तरिक प्रशासनका मान्छे पनि एकदम सहयोगी रहेछन्, सबै मिलनसार’, खाँणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । प्रहरीले खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो ।

२९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँणमाथि छ । गिरोहको प्रलोभनमा परेर खाँणले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनलाई पुनरावलोकन गर्न अर्को उपसमिति बनाएको आरोप छ ।

तर, समितिका अधिकारीहरुले पनि काम गर्न नमानेपछि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयमा भएको पन्थी कार्यदलको प्रतिवेदन नै कीर्ते गरेको भेटिएको थियो । बयानका क्रममा खाँणले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । उनले देशी-विदेशी शक्तिले आफूलाई फसाएको दाबी गर्दै आएका थिए । तर, अदालतले तत्काल उपलब्ध प्रमाणहरुबाट उनी दोषी होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।