sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१ वर्षमै यति धेरै काम बालेनको

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० ११:२१
१ वर्षमै यति धेरै काम बालेनको

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक वर्षमा गरिएका मुख्य काम सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफ्ना घोषणापत्रमा समेटिएका जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकबत्ती जडान र फुटपाथ निर्माण लगायतका काम सार्वजनिक गरेका हुन् ।

  • बालेनको मुख्य काम सार्वजनिक
  • कार्य निरन्तर चलिरहने

सार्वजनिक जग्गा अनाधिकृत प्रयोग भईरहेको भन्ने गुनासोका आधारमा चालु आर्थिक वर्षमा महानगरभित्र एक सय २३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरिएको मेयर शाहले जानकारी दिएका छन् । ‘हामीले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ ।’, उनले भनेका छन्, ‘यो कार्य निरन्तर चलिरहनेछ ।’

त्यस्तै, आफ्नो घोषणापत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रुपमा स्थिरता कायम राख्ने पार्कहरुको निर्माण गर्ने योजना उल्लेख गरेअनुसार एक वर्षमा २५ वटा नयाँ पार्कको निर्माण गरिएको मेयर शाहले बताएका छन् ।

योसँगै सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७ सय वटा स्मार्ट सडकबत्ती जडान गरेको समेत मेयर शाहले जनाएका छन् । त्यस्तै, पछिल्लो एक वर्षमा महानगरभित्र ४२ किलोमिटर सडक कालोपत्रे, ७ किलोमिटर नयाँ ढल निर्माण र १५ सय मिटर फुटपाथ निर्माण गरिएको मेयर शाहले जानकारी दिएका छन् ।

महानगरभित्र सार्वजनिक शौचालयहरु र सामुदायिक विद्यालय भवनहरु निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकास कार्यहरु पनि सम्पन्न भएको शाहको भनाई रहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid