May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

पूर्वसभामुख घर्तीले सहकारीको ऋण नतिरेपछि…..

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० ११:३३
पूर्वसभामुख घर्तीले सहकारीको ऋण नतिरेपछि…..

काठमाडौं ।।

सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीको तीनपुस्ते सार्वजनिक गरिएको छ । ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीको तीन पुस्ते सार्वजनिक गरेको हो ।

  • सहकारीबाट लिएको ऋण नतिरेपछि
  • पूर्वसभामुख  घर्तीको तीनपुस्ते सार्वजनिक
  •  नागरिकता र पदीय मर्यादामा व्यक्तिगत जमानी बसेर ऋण लिएको

घर्तीले आफू जमानी बसेर रुकुम घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३४ वर्षीय केशव रावलको नाममा ऋण लिएकी थिइन् । तर, सहकारीबाट लिइएको उक्त ऋणको साँवा, किस्ता र ब्याज लामो समसम्म नआएपछि तीन पुस्ते विवरणसहित ‘अल्टिमेटम’ दिनुपरेको सहकारीले जनाएको छ ।

सहकारीका अनुसार यसअघि २०७९ कात्तिक ५ गते ऋण चुक्ताका लागि २१ दिने सूचना निकालिएको थियो । ‘यसअघि हामीले कयौँ पटक व्यक्तिगत र संस्थागत रुपमा ऋण चुक्ताका लागि ताकेता गरेका हौँ ।

तर, ऋणको साँवा र किस्तासमेत आउन छोडेपछि २१ दिने सूचना निकालिएको हो ।’, सहकारीका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘२१ दिने सूचनापछि पनि ऋण तिर्नका लागि ऋणीले कुनै चासो नदेखाएपछि ऋणी र जमानीको तीन पुस्ते विवरणसहित १५ दिने सूचना सार्वजनिक गरेका हौँ ।’

‘सूचना प्रकाशित मितिले १५ दिनभित्रमा संस्थालाई बुझाउनु पर्ने बाँकी रहेको सम्पूर्ण रकम (साँवा, ब्याज र अन्य दस्तुर) समेत चुक्ता गर्नुपर्नेछ । अन्यथा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरुको चल-अचल सम्पत्तिबाट र कानुन बमोजिम निजहरुको घर-घरानाबाट समेत असुल उपर गरिनेछ ।’, सूचनामा उल्लेख गरिएको छ ।

यसो त स्थायी घर रोल्पा र हाल काठमाडौंको बालुवाटार बस्दै आएकी पूर्वसभामुख घर्तीले आफ्नो नागरिकता र पदीय मर्यादामा व्यक्तिगत जमानी बसेर ऋण दिलाएको सहकारीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट