May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

प्रचण्डको चीन भ्रमण जाने प्लान

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १४:0८
प्रचण्डको चीन भ्रमण जाने प्लान
  • प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ ।
  • आगामी सेप्टम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ ।
  • चीनको र भारतको उदाउँदो अर्थतन्त्रबाट हामी प्रतिफल लिन सक्दछौँ ।

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए । आर्थिक रूपमा मात्रै होइन विश्वमहाशक्तिका रूपमा उदाउँदै गरेको प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि फलदायी हुने बताए ।

‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीको आगामी सेप्टम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ । सार्थक हुनेछ,’ उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, राष्ट्रको हितलाई केन्द्रमा राखेको छ । सैन्य गठबन्धनमा तटस्थ छ ।’
उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए ।

‘भारतसँग हाम्रो दुई तिहाई व्यापार चलिरहेको छ । सामाजिक र सांस्कृतिक सम्बन्ध छ । नदीहरू समुद्रसम्म पुग्दा भारत भएरै बग्ने गर्छन् । हाम्रो घनिष्ठ सम्बन्ध छ,’ उनले भने, ‘पारवहानका लागि तेस्रो मुलुकबाट हुने व्यापार मात्रै चीनबाट हुने व्यापारको पनि हिन्दमहासागर मार्फत नै आउने हुनाले भारतसँग पनि सम्बन्ध राख्नुपर्ने आवश्यक्ता छ ।’

उनले उत्तरी छिमेकी चीन विश्वव्यापी रूपमा शक्ति राष्ट्रका रूपमा उदाइरहेको भन्दै त्यसको सकरात्मक सदुपयोग गर्न सकिने बताए ।

‘चीन आर्थिक हिसाबले मात्रै होइन, एउटा महाशक्ति राष्ट्रका रुपमा उदाइरहेको छ,’ उनले भने, ‘चीनको त्यो विकाशको छलाङलाई नेपालको सन्दर्भमा पनि त्यसको सकरात्मक उपयोग गर्न सक्यौँ भने हामी चीनको र भारतको उदाउँदो अर्थतन्त्रबाट हामी प्रतिफल लिन सक्दछौँ ।’

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।