April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

प्रकाश सपूतले ल्याए नयाँ गीत ‘मुटु कटक्कै’, २४ घन्टा नबित्दै युट्युब ट्रेन्डिङमा

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १३:३0
प्रकाश सपूतले ल्याए नयाँ गीत ‘मुटु कटक्कै’, २४ घन्टा नबित्दै युट्युब ट्रेन्डिङमा

गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् । गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्।

मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतको प्रकाश स्वयंले निर्देशन गरेको हुन् भने उक्त म्युजिक भिडियोमा उनीसहित कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ। गीतमा चोखो माया नलगाएको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि नहुने भाव व्यक्त गरिएको छ।

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन्। प्रकाश सपूत युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले २४ घन्टा नबित्दै ५ लाख ६७  हजार बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको चौथौ  स्थानमा आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट