May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

विश्वविद्यालय थप्ने हैन शिक्षा नीति चै ल्याऊ : खिमलाल देवकोटा

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १६:२६
विश्वविद्यालय थप्ने हैन शिक्षा नीति चै ल्याऊ : खिमलाल देवकोटा
  • नेपालमा तत्काल थप विश्वविद्यालयको आवश्यकता छैन ।
  • उच्च शिक्षासम्बन्धि एउटा छाता ऐन पनि ल्याउनु आवश्यक छ।
  • प्लस टू सकेर विद्यार्थीहरु विदेशिनुलाई गम्भिर रुपमा लिनु पर्यो ।

काठमाडौं ।।

राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले वित्तीय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क गरे ।
उनले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराए ।

‘प्रदेशले पनि धमाधम विश्वविद्यालय बनाउने अनि नेपाल सरकारले पनि धमाधम विश्वविद्यालय बनाउने कामहरु नहोस् भन्ने मेरो अनुरोध हो ।

र, के, कति विश्वविद्यालय आवश्यक छ ? सबभन्दा पहिलो एउटा शिक्षा नीति ल्याऊ । अनि, उच्च शिक्षासम्बन्धि एउटा छाता ऐन पनि ल्याऊ । शिक्षा नीति, छाता ऐनलाई टेकेर विश्वविद्यालय थप आवश्यक छ भने बनाऔं भनेर मैले पटकपटक भनेको छु’, उनले भने ।

सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भीर हुुनुपर्ने बताए । सांसद देवकोटाले भने, ‘भर्खरै एउटा दैनिक पत्रिकाले ५३९ वटा जति कलेजहरु बन्द हुने अवस्थामा भए भनेर एउटा मूल समाचारनै छापेको छ । विद्यार्थीहरु नेपालमा प्लस टू गर्ने वित्तिकै विदेशिन थाले । अव यो विषयमा अलि गम्भिर पनि हुन पर्यो ।’

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।