sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वविद्यालय थप्ने हैन शिक्षा नीति चै ल्याऊ : खिमलाल देवकोटा

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १६:२६
विश्वविद्यालय थप्ने हैन शिक्षा नीति चै ल्याऊ : खिमलाल देवकोटा
  • नेपालमा तत्काल थप विश्वविद्यालयको आवश्यकता छैन ।
  • उच्च शिक्षासम्बन्धि एउटा छाता ऐन पनि ल्याउनु आवश्यक छ।
  • प्लस टू सकेर विद्यार्थीहरु विदेशिनुलाई गम्भिर रुपमा लिनु पर्यो ।

काठमाडौं ।।

राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले वित्तीय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क गरे ।
उनले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराए ।

‘प्रदेशले पनि धमाधम विश्वविद्यालय बनाउने अनि नेपाल सरकारले पनि धमाधम विश्वविद्यालय बनाउने कामहरु नहोस् भन्ने मेरो अनुरोध हो ।

र, के, कति विश्वविद्यालय आवश्यक छ ? सबभन्दा पहिलो एउटा शिक्षा नीति ल्याऊ । अनि, उच्च शिक्षासम्बन्धि एउटा छाता ऐन पनि ल्याऊ । शिक्षा नीति, छाता ऐनलाई टेकेर विश्वविद्यालय थप आवश्यक छ भने बनाऔं भनेर मैले पटकपटक भनेको छु’, उनले भने ।

सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भीर हुुनुपर्ने बताए । सांसद देवकोटाले भने, ‘भर्खरै एउटा दैनिक पत्रिकाले ५३९ वटा जति कलेजहरु बन्द हुने अवस्थामा भए भनेर एउटा मूल समाचारनै छापेको छ । विद्यार्थीहरु नेपालमा प्लस टू गर्ने वित्तिकै विदेशिन थाले । अव यो विषयमा अलि गम्भिर पनि हुन पर्यो ।’

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १६:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid