December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

मधुमेहले ९ प्रतिशतको आँखा खत्तम

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:४0
मधुमेहले ९ प्रतिशतको आँखा खत्तम
  • मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै
  • मधुमेहले बिरामीको आँखामा पनि असर गर्ने 
  • आँखाको दृष्टि गुम्नेको संख्या ३ बाट ९ प्रतिशत पुगेको अवस्था 

काठमाडौँ ।।

पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको आँखामा पनि असर परेको पाइएको हो । तीमध्ये ५० प्रतिशतमा गम्भीर असर परेको पाइएको छ। मुलुकका मुख्य आँखा अस्पताल पुगेका बिरामीमा गरिएको अध्ययनबाट यस्तो तथ्यांक आएको हो ।

नेपाल अन्धोपना सर्वेक्षण १९८५ अनुसार मुलुकमा विभिन्न कारणले आँखाको दृष्टि गुम्नेको संख्या तीन प्रतिशत थियो भने सन् २०११ मा यो संख्या बढेर नौ प्रतिशत पुगेको छ ।नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण भएको तिलगंगा आँखा अस्पतालकी आँखाको पर्दा विशेषज्ञ डा. एली प्रधान बताउँछिन् । ‘उपचारको सहजता र चेतनाका कारण रोगीको संख्या घटनुपर्नेमा उल्टै बढ्नका पछाडि मधुमेह नै मुख्य कारण हो,’ उनले भनिन् ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।