May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

फोहोर व्यवस्थित नभएसम्म शहरलाई व्यवस्थापन गर्न सकिन्न : मन्त्री गुरूङ

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १६:५२
फोहोर व्यवस्थित नभएसम्म शहरलाई व्यवस्थापन गर्न सकिन्न : मन्त्री गुरूङ
  • शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन नहुनु हो ।
  • शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत हुनुपर्छ ।
  • स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन सकेको छैन ।
  • समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी छ ।

काठमाडौं ।।

शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छिन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताएकी हुन् । उनले शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत बन्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘शहर एकदमै राम्रो होस् जहाँ तपाईहरुले परिकल्पना गरेको भन्दा पनि आहा भन्ने शहर होस् भनेर लागेको छ । तर त्यो शहरलाई व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापनको भइरहेको छ ।’

उनले स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन नसक्दा पनि शहर व्यवस्थापन चुनौती बनिरहेको बताइन् । ‘हामी सबै जना कुरा गर्दा सहजै गर्छौं । हामी विदेश जाँदा यहीँ देखि टिस्यु पेपर किनेर, फोहोर भएपछि राख्छौँ तर नेपालमा एयरपोर्टमा आउनेबित्तिकै फालेर हिँड्न थाल्छौँ,’ उनले भनिन्, ‘यसमा नागरिक नै हामी सचेत हुनुपर्छ । स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन सकेको छैन ।’

मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताइन् । उनले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गरिन् । उनले भनिन्, ‘ ‘हामी सबैको समस्या एउटा उद्देश्य अर्को थालनीको परम्परा छ, यसको अन्त्य गर्न नसके पूर्वाधर निर्माण गर्न सकिँदैन । भौतिक, खानेपानी, शहरी विकास, भूमि व्यवस्थापनलगायतका विभिन्न मन्त्रालयसँग सम्बन्धित हुन्छ, एकले अर्को मन्त्रालयसँग समन्वय गर्न नसक्दा विकास निर्माणका काम हुन सकेका छैनन् ।’

अन्तरमन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको उनको भनाइ छ । ‘काम गर्ने कुरामा एकले अर्को मन्त्रालय र विभागसँगको समन्वय, सहयोग पारस्पारिक छैन । यसमा सुधार गरेर जानुपर्छ । यी मन्त्रालय र विभागमा तत्काल समस्याको समाधान गर्ने संयन्त्र अवधारणा बनाउनुपर्छ ।’ उनले भनिन् ।

मन्त्री गुरुङले अन्तरमन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताइन् ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट