April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

ठमेल गएकी बालिकालाई ललितपुर लगेर बलात्कार गरियो

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १२:४६
ठमेल गएकी बालिकालाई ललितपुर लगेर बलात्कार गरियो
  • क्लब गएकी एक जना नाबालिकाको भयो बलात्कार ।
  • आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं ।।

ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी एक जना नाबालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए ।

उनका अनुसार ३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छन् । जाहेरी परेपछि कोइरालालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । बयानका क्रममा उनले पीडित उमेर पुगेको युवती भएको दाबी गरेका थिए । ‘उमेर नपुगेको केटीले क्लबमा प्रवेश नै पाउँदैन, त्यसैले ऊ नाबालिग होइन’, कोइरालाको बयान छ ।

उनको यो बयानपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको छ । नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो । उनीहरुविरुद्ध जिल्ला अदालत, ललितपुरबाट पक्राउ पूर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार २१, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट