May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्

पशुपतिबाट ५३ तोला सुन निस्क्यो

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १५:२६
पशुपतिबाट ५३ तोला सुन निस्क्यो
  • जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर उठाइयो मुचुल्का
  • संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोखेर हेर्दा ५३ तोला निस्क्यो 

काठमाडौं ।।

पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर मुचुल्का गरेको छ । संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोख्दा ५३ तोला भएको भन्दै मुचुल्का गरिएको छ । ‘जलहरी निर्माणमा प्रयोग भएको सुनका टुक्रा र धुलोहरु त्यतिबेला संकलन गरिएको थियो, अख्तियारले अनुसन्धान थालेपछि त्यसलाई नजोखी यत्तिकै राखिएको थियो’ पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीले भने, ‘धुलोमा मिसिएको, टुक्राटाक्री र अरु सुनका कणहरु संकलन गरेर गाल्ने काम भइरहेको थियो । आज जोखेर हेर्दा ५३ तोला भएछ । हामीले आजै मुचुल्का गरेर राखेका छौं ।’

जलहरी निर्माणका क्रममा बाहिर छरिएको धुलो संकलन गरेर राखिएको र त्यसलाई मुचुल्का गरिएको कोषका कर्मचारीहरुको भनाइ छ । उनले भने, ‘गर्भगृहभित्रै जलहरीमुनी सुनका टुक्राहरु भेटिए भनेर हल्ला चलाइएको छ । त्यो सत्य होइन ।’

कोषका सदस्य सचिव डा. घनश्याम खतिवडाले सुनका बारेमा केही नभएको र आफूले थाह समेत नपाएको दाबी गरे । तर आजै मुचुल्का भएको भनी जिज्ञासा राखेपछि उनले भने, ‘तपाईंहरुलाई किन हतारो भएको, यसको पनि प्रक्रिया हुन्छ । प्रक्रिया पूरा भएपछि हामीले बोलाएर नै गुड न्यूजहरु दिइहाल्छौं । अहिले किन हतारो गर्नुभएको ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १० असारमा पशुपतिनाथ मन्दिर परिसरमा पुगेर सुनको जलहरी निकालेर जोखेको थियो । जलहरी निर्माणका क्रममा १०८ किलो सुन प्रयोग भएको थियो । दुई साताअघि तौलिदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको हो ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जलहरी निर्माणमा प्रयोग भएको बाँकी सुन र टुक्रा र धुलोका कण संकलन गरेर राखिएको र जोख्न बाँकी रहेको दाबी गरेको थियो । ‘हो, त्यही सुन जोख्ने क्रममा चानचुन ५३ तोला भएपछि मुचुल्का गरिएको हो, गर्भगृहमा भेटिएको होइन’ ती कर्मचारीले भने, ‘त्यसक्रममा प्रयोग भएका चाँदी र अरु केही धातुका टुक्राहरु पनि छन् ।’

एक तोलामा ११.६६ ग्राम हुन्छ । कोषका कर्मचारीको दाबीलाई आधार मान्दा ६१७.९८ ग्राम सुन आज जोखेर मुचुल्का भएको हो । शुक्रबार मुचुल्का भएको र पशुपतिनाथ मन्दिरमा पेटी बनाई लगाइएको सुन समेत जोख्दा जलहरी निर्माणमा प्रयोग भएको १०८ किलो सुनको हिसाब करिब करिब मिल्छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।