sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारले तोकेको पुरस्कार घोषणामा मात्र सिमित : कप्तान रोहित

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १६:१२
सरकारले तोकेको पुरस्कार घोषणामा मात्र सिमित : कप्तान रोहित
  • सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म नपाएको गुनासो
  • पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं
  • आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार पाल्न कठिनाइ
  • पुरस्कार र सम्मानले हौसला दिने 
     

काठमाडौं ।।

नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् ।एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि नपाउँदा नैराश्यता बढेको बताए ।

‘पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं, मन्त्रीज्यूसँग कुरा भएको छ । सायद छिट्टै हुन्छ होला,’ पौडेलले भने । नेपालले लिग २ सिरिज जित्ने खेलाडीलाई जनही २ लाख तथा एसीसी प्रिमियर कप उपाधि जितेका खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

तर त्यो पुरस्कार रकम नपाएको खेलाडीको गुनासो छ । सबै खेलाडी आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार पाल्न कठिनाइ छ । रोहितले फुटबल खेलाडी पलायन भएको सन्दर्भ निकाल्दै भने ‘जसरी फुटबलमा खेलाडी पलायन भइरहेको छ । त्यो अवस्था क्रिकेटमा नआओस् ।’
पुरस्कार र सम्मानले खेलाडीको हौसला बढ्छ । खेलाडीको हौसला बढाउनकै लागि प्रशिक्षक मोन्टी देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा लागु गरेका छन् । यसमा सबै क्षेत्रबाट सहयोग हुनु पर्ने देसाईले बताए ।

‘उनीहरुले सक्ने उनीहरुले गरिरहेका छन् । मैले सक्ने ह्याप्पी ड्रेसिङ रुमको अवधारणा लागु गरिरहेको छु,’ देसाईले भने, ‘हामी खेललाई माया गछौं । यो कुरालाई निरन्तर लागिरहन सबैपक्षबाट सहयोग हुनुपर्छ ।’

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid