sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भ्रष्टाचारलाई नियन्त्रण गर्ने दोषीलाई कारबाही गर्ने कार्यमा मेरो साथ छ : माधव नेपाल

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १४:११
भ्रष्टाचारलाई नियन्त्रण गर्ने दोषीलाई कारबाही गर्ने कार्यमा मेरो साथ छ : माधव नेपाल
  • ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ 
  • म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौं : माधवकुमार नेपाल
  • भ्रष्टाचार नियन्त्रण गर्न र दोषीलाई कारबाही गर्ने कार्यलाई नेपालले गरे प्रशंसा

पाल्पा ।।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सरकारी जग्गालाई व्यक्तिको नाममा पास गर्नेहरुलाई दण्ड दिनुपर्ने बताएका हुन् ।

आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको बताउँदै उनले भने, ‘त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो ? सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ।’

ललिता निवास जग्गा प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ,’ उनले भने ।

कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्ने उनको मत छ । नेता नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रष्टका जग्गा लगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र दोषीलाई कारबाही गर्ने कार्य गरेको भन्दै उनले प्रशंसा गरे । ‘भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन,’ नेपालले भने, ‘म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौं । यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।’

वर्तमान सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने पनि बताए । कांग्रेस, माओवादी, समाजवादीसहितका अन्य दलहरुसँगको छलफलबाट सरकारको स्थायित्वको लागि गठबन्धन कायम गरी काम गर्ने सहमति भएको जानकारी गराए । सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा बनेको उल्लेख गर्दै उनले समाजवादी मोर्चामार्फत विचार मिल्ने पार्टीहरु एकठाउँमा आउँदा कोही पनि त्रसित हुनु नपर्ने बताए । नेपाल एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को निधनमा परिवारका सदस्यलाई समवेदना दिन पाल्पा आएका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid