May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाढीले सुनसरीको चौकी नै डुबानमा

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १४:१६
बाढीले सुनसरीको चौकी नै डुबानमा
  • बाढीले पूर्वी नेपालको तराई क्षेत्र प्रभावित 
  • प्रहरी चौकी लगाएत ठाउँ-ठाउँमा बाढीका कारण डुवान
  • सिंघियाका कारण तीन परिवार विस्थापित
  • अन्य दुई घर पनि जोखिममा

विराटनगर ।।

अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ । ठाउँ-ठाउँमा बाढीका कारण डुवान भएको छ । सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको छ ।

भोक्राहानरसिंह गाउँपालिका-८ मा रहेको सिसुवाधरमपुर चौकी डुबानमा परेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले डुबान भएपछि प्रहरीले प्रहरी चौकी छाड्नु परेको बताए । सुनसरी खोलाको बाढी पसेका कारण प्रहरी चौकीको कम्पाउण्डभित्र ४ फिटसम्म पानी जमेको छ ।

चौकीबाट विस्थापित बनेका प्रहरी हरिनगरा गाउँपालिका-५ स्थित सिसुवाधरमपुर आधारभूत विद्यालयमा गएर बसिरहेका छन् । सिंघिया खोलामा आएको बाढीले घर बगाएपछि मोरङमा तीन परिवार विस्थापित भएका छन् ।

मोरङको जहदा गाउँपालिका-३ स्थित भाथीगन्जमा बाढीले घर भत्किएपछि ३ परिवार विस्थापित भएका मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताए । विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको दाहालले बताए । सोही स्थानका अन्य दुई घर पनि जोखिममा छन् ।

शुक्रबार बिहानको सबेरैदेखि भइरहेको वर्षाका कारण खोलाहरुमा बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्तीहरु जोखिमा परेका छन् । धेरै स्थान डुबानमा रहेको जानकारी आएपछि अन्य क्षतिको विवरण आइनसकेको दाहालले बताए । मोरङका बूढी, सिंघिया, केसलीया, लोहन्द्रा, बक्राहालगायतका खोलामा बाढी आएका कारण नदी किनार क्षेत्रमा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट