Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279
सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ? – साझा परिवेश
May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद

सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ?

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १६:५९
सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ?

Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279
  • आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री हुन मिल्दैन 
  • मन्त्रीको भनाइलाई लिएर आलोचना

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आत्महत्यालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् ।

कर्मचारीहरुले अपायक ठाउँमा सरुवा हुँदा समस्या भएको भनी गुनासो गर्दा स्वास्थ्य मन्त्रीले आत्महत्यालाई प्रोत्साहन गर्ने किसिमले जवाफ फर्काएको गैरले दाबी गरे ।‘यस्तो अभिव्यक्ति गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन ? ’ उनी थप्छन्, ‘आत्महत्यालाई प्रोत्साहन गर्ने तरिका अत्यन्त दुखद छ । म यसतर्फ सदनमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने र सरुवा भए आत्महत्या गर्छु भन्ने एक जना कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका थिए । मन्त्रीको त्यो भनाइलाई लिएर आलोचना भइरहेको छ । तर स्वास्थ्य मन्त्रालयले भने मन्त्रीले प्रशासनिक सुधारको काम गरिरहेको भन्दै त्यो अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडेर आलोचना हुने गरेको भन्दै त्यसरी नजोड्न आग्रह गरेको छ ।

 

  • साझा परिवेश

  • Warning: A non-numeric value encountered in /home/sajhaparibesh.com/public_html/wp-content/plugins/nyasro-nepali-date-converter/Nyasro_NDC_Converter.php on line 238
    शुक्रबार, असार २९, २०८०
    १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्