sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मितेरी पर्व मनाङमा मनाइयो

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १३:३९
मितेरी पर्व मनाङमा मनाइयो
  • महिलाको संलग्नतामा मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइदै 
  • मरेपछि पनि छिटो भेटिने विश्वासका साथ गुफामा पूजाआजा गर्ने चलन
  • दुई जनाको कपडा उचाल्दा जसको  भागमा कपडा पर्छ, उसैसँग छेटु वा मितेरी लगाउने

 मनाङ ।।

हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ ।

यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन छ । चार÷पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ । छेटु मेला सकिएपछि मितेरी लगाउने चलन छ । गुफामा पुगेर आमा समूहको सक्रियतामा कार्यक्रम आयोजना गरिन्छ । मरेपछि पनि छिटो भेटिने विश्वासका साथ मितेरी तथा गुफामा पूजाआजा गर्ने चलन रहेको स्थानीय माया गुरुङले बताइन् ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित मिलेरेपा गुफामा लामाले ग्रन्थ पढेर पूजापाठ गरी मितेरी लगाउने गरिएको स्थानीय कर्मा छिरिङ गुरुङले जानकारी दिए । उनका अनुसार तत्कालीन सात गाउँ वा मनाङ ङिस्याङ गाउँपालिकाको सबै वडाका स्थानीयको सहभागितामा पर्व मनाइँदै आएको छ । छेटुमा मेला हेर्न र मितेरी गाँस्नका लागि जिल्लावासीको उल्लेख्य सहभागिता रहने गरेको छ ।

नाचगानसहित यो पर्व मनाउने चलन रहेको छ । गुफामा नाचगानसहित लामाले ग्रन्थ वाचन गरी लुगाकपडालाई पुजेर सकाएपछि मितेरी लगाउने कार्य प्रारम्भ हुने गुरुङले बताए । उनले भने, ‘लामाले पुजा सकाएपछि पुज्न राखेको दुई जनाको कपडा उचाल्दा जसको कपडा भागमा पर्छ, उसैसँग छेटु वा मितेरी लगाउने गरिन्छ ।’ भगवानलाई पुजेर नै मितेरी गाँसेर एकापसको सम्बन्ध जोडिन्छ । यसरी मितेरी साइनो गाँसिदा सम्बन्धमा प्रगाढता कायम रहने उनीहरुको विश्वास छ ।

मित्रताको प्रतीकका रुपमा मिलेरेपा गुफालाई लिइन्छ । परापूर्वकालमा राजाले सिकार खेल्दै जाँदा मिलेरेपासँग भेट भएर हत्या, हिंसाको अन्त्य गर्न सफल भएको किम्वदती छ ।

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid