May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

प्रकाश सपूत र दिलिप रायमाझीको ‘भिडिओ’ सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२६
प्रकाश सपूत र दिलिप रायमाझीको ‘भिडिओ’ सार्वजनिक
  • चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक
  • प्रकाश सपूत र दिलिप रायमाझीसँगै रमा थपलिया पनि प्रस्तुत गरिएको 
  • चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथामा आधारित 

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम…’ बोलको गीत सार्वजनिक गरिएको हो।  निर्माण टिमले बुधबार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा भनेको छ।

हिजो काम, आज काम

काम विदेशमा

कामभन्दा के नै छ र आमा विदेशमा

गीतलाई रचना गरेका हुन्- सतिश चापागाईंले। चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन्। बीबी अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन्। केही मनछुने संवादसमेत गीतमा समावेश छन्।  भिडिओमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलिप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथा प्रस्तुत गर्छ।अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा-व्यथालाई समेत चलचित्रमा समेटिएको छ। मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।