May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

स्वतन्त्रता छ भन्दैमा, संविधान मिच्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १६:२0
स्वतन्त्रता छ भन्दैमा, संविधान मिच्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ
  • कोशी नामकरणको विपक्षमा आन्दोलनरत समूहले कानुन उल्लंघन गर्न नपाउने
  • राजनीतिक दलका नेताहरुलाई हिँडडुलमा अवरोध
  • प्रदेश सभा कन्भिन्स भयो भने यही प्रदेशसभाबाट नाम परिवर्तन गरिन्छ 

 विराटनगर ।।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी नामकरणको विपक्षमा आन्दोलनरत समूहले कानुन उल्लंघन गर्न नपाउने बताएका छन् । सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको नाममा कसैलाई हिँडडुलमा अवरोध र आक्रमण गर्न नपाइने बताएका हुन् । कोशी नामकरणको विपक्षमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विभिन्न राजनीतिक दलका नेताहरुलाई हिँडडुलमा अवरोध गर्दै आएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताएका हुन् । ‘र्‍याली गर्न पाइयो, आमसभा गर्न पाइयो, विचार राख्न पाइयो, लेख लेख्न पाइयो । तर एक ठाउँबाट अर्को ठाउसँमा जान अवरोध उत्पन्न गर्ने वा प्रदेशसभाका सदस्यलाई अवरोध उत्पन्न गर्न पाइँदैन यसमा विचार गर्न सबैलाई म विनम्रतापूर्वक अनुरोध छ’, उनले भने ।

आन्दोलनरत पक्षलाई कोशी नाम ठीक भएन अर्को नाम राख्नुपर्छ भनेर जनमत बनाउने अधिकार रहेको तर प्रदेशको नामकरण भने प्रदेशसभाबाटै निर्णय हुने संवैधानिक व्यवस्था रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

‘प्रदेशसभालाई अनुरोध गर्न सकिन्छ । प्रदेश सभा कन्भिन्स भयो भने यही प्रदेशसभाबाट नाम परिवर्तन गर्न सकिन्छ । नभए अर्को चुनावबाट नाम परिवर्तन गर्न सक्छ । बाटो चाहिँ त्यही हो, अर्को बाटोबाट गएर हुँदैन’ उनले भने, ‘आफूलाई ठीक लागेको बाटोबाट विधि स्थापित हुँदैन ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल धर्म निरपेक्ष राज्य रहेकाले धर्मको नाममा कुनै गलत क्रियाकलाप गर्न नपाइने बताए । ‘धर्मलाई राजनीतिसँग जोड्नुहुन्न र धर्मलाई शक्ति निर्माणसँग जोड्नुहुन्न । अरु कसैको भावना भड्काएर अराजकता उत्पन्न पनि गर्नुहुन्न’ उनले भने ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।