May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै भावुक भए प्रधानन्यायाधीश

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १४:२३
न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै भावुक भए प्रधानन्यायाधीश
  • प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भए
  • न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने
  • जनआस्था अदालतको धरोहर हो भन्दै उनले त्यो विना अदालत टिक्नै नसक्ने 

 काठमाडौं ।।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भएका छन् । सोमबार संघीय संसदको सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरुको पनि जवाफ दिएका थिए । सांसदहरुको प्रश्नको जवाफ दिएर भनाइ टुंग्याउने क्रममा उनी न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

‘यहाँहरुको सुझाव मैले मनमा राखेको छु, म काममा देखाउनेछु’ उनले गला अवरुद्ध बनाउँदै भने, ‘न्यायपालिका सुधारका लागि म कुनै कसर गर्ने छैन, यति भन्दै विदा हुन चाहन्छु ।’ जनआस्था अदालतको धरोहर हो भन्दै उनले त्यो विना अदालत टिक्नै नसक्ने बताए ।

न्यायालयको कुनै कालखण्डमा कुनै अप्ठेरो पर्‍यो भन्दैमा अदालतप्रतिको जनआस्था स्वाट्टै घट्यो भन्न नमिल्ने न्यायाधीश श्रेष्ठले बताए । ‘जनआस्था बढाउने कार्यमा अदालत निरन्तर लागिरहन्छ’ उनले भने, ‘हुनत यो कुरा परिणामबाट देखिनुपर्छ । त्यो परिणाम देखिने गरी काम गर्छु भनेर प्रतिवद्धता व्यक्त गर्दछु ।’

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।