sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्यायाधीश नियुक्ति नहुनु मतभेदले होइन : प्रधानन्यायाधीश कार्की

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १३:४७
न्यायाधीश नियुक्ति नहुनु मतभेदले होइन : प्रधानन्यायाधीश कार्की
  • न्यायाधीश नियुक्तिका लागि प्रयास जारी
  • कानुनमन्त्रीबीचको मतभेदले बैठक बस्न नसकेको होइन 
  • प्रधानन्यायाधीश कार्कीको पदावधि अब २० दिन बाँकी

काठमाडौं ।।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि प्रयास जारी राख्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको छलफलका क्रममा उनले अहिले न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका कारण न्यायाधीश नियुक्त हुन नसकेको दाबी गरे ।

‘अहिले मतभेद वा अरु कारणले न्यायाधीशको नियुक्ति हुन नसकेको होइन, बरु कहिले को कहिले को व्यस्त भएर परिषदको बैठक हुन नसकेको हो’, उनले भने, ‘अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्नेछु ।’

नेपालमा प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्यायपरिषद बैठकले न्यायाधीश नियुक्ति सिफारिस गर्ने गर्छ । तर प्रधानन्यायाधीश र कानुनमन्त्रीबीचको मतभेदले बैठक बस्न नसकेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रधानन्यायाधीश कार्कीको पदावधि अब २० दिन बाँकी छ । उनी उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश भएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ । त्यस्तै उच्च अदालतहरुमा पनि ६० जना न्यायाधीशको पद रिक्त रहेको प्रधानन्यायाधीश कार्कीले बताए । उनले अनुहार नहेरी वस्तुनिष्ठताका आधारमा न्यायाधीश नियुक्ती गर्ने प्रयास जारी रहने पनि बताएका छन् ।

न्यायाधीशको कमीका बाबजुद एक वर्षमा सर्वोच्च अदालतले १२ हजार मुद्दा फैसला गरेको कार्कीले बताए । पुराना मुद्दा फर्छ्यौटका लागि अभियान नै चलाएको भन्दै उनले त्यही अभियानका कारणले करिव ६६-६७ सालसम्मका मुद्दा टुंगिएको जानकारी दिए ।

 

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid