May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

अत्ति भयो भन्दै स्थानीयबासी सडकमा

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० ११:३८
अत्ति भयो भन्दै स्थानीयबासी सडकमा
  • काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि अवरोध
  • फोहोर बोकेका गाडीलाई अगाडि बढ्न दिएनन् 
  • फोहोरले स्थानीयलाई धेरै गाह्रो

काठमाडौं ।।

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि अवरोध गरिएको छ । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरिएको हो । मंगलबार पनि बिहानैदेखि स्थानीयवासी सडकमा उत्रिएका छन् । आन्दोलनरत उनीहरूले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न नदिन बाटो छेकेका प्रहरीले जनाएको छ ।

हिजोदेखि पुनः स्थानीय आन्दोलित भएका हुन् । नुवाकोटको ककनी गाउँपालिका-२ र धादिङको धुनीबेँसी नगरपालिका-१ का स्थानीयवासीले फोहोर बोकेका गाडीलाई बाटो बन्द गरेका छन् । “स्थानीयवासी बिहानैदेखि सडकमा आएर बाटो बन्द गरेका छन् । सडकमा यति बेला बन्दकर्ता १०-१२ जना देखिएको छ,” नुवाकोट प्रहरी स्रोतले भन्यो, “आज काठमाडौंबाटै फोहोर बोकेका गाडी यता आएका छैनन् ।”

धुनीबेँसी-१ र ककनी-२ को सीमामा पर्ने पुलमा स्थानीयले अवरोध गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फोहोर बोकेर हिजो त्यसतर्फ गएका गाडी त्यहीँ सडकछेउमा पार्किङ गरेर राखिएका छन् । फोहोर बोकेका ५०÷६० गाडी त्यसरी पार्किङ गरेर राखिएका प्रहरीले जनाएको छ ।

“बन्दकर्ता भएका ठाउँमा फोहोरका गाडी छैनन् । बन्दकर्ता रहेका स्थानभन्दा ५०० मिटरजति परबाट सडकछेउमा गाडी पार्किङ गरिएको छ,” प्रहरी स्रोतले भन्यो । स्थानीय आफैँ सडकमा उत्रिएर काठमाडौंबाट गएका फोहोर बोकेका गाडीलाई अघि बढ्न नदिएको धुनीबेँसी-१ का वडाध्यक्ष मानबहादुर तामाङको भनाइ छ ।

संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेको उनले बताए । “हामीलाई अब धेरै गाह्रो भयो, कि यहाँ फोहोर फाल्न रोक कि हामीलाई उचित व्यवस्थापन गर भन्ने स्थानीयको माग छ,” उनले भने, “यसअघिका सहमति पनि कार्यान्वयन भएको छैन । स्थानीयलाई धेरै गाह्रो भएको छ ।”

 

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट