sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १२:१५
प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै
  • कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै
  • क्यामेरा जडानकार्य हुँदै 
  • मिडियालाई फोटो भिडियो खिच्न दिइन्छ
  • त्यसपश्चात् सबै लाइभ हुन्छ

काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै छ । पार्टीका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रत्यक्ष प्रसारणको तयारी भइरहेको जानकारी दिए ।

आज दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निर्देशनमा बैठकको प्रत्यक्ष प्रसारणको तयारी गरिएको विश्वकर्माले बताए ।

“अहिले हामीसँग उपलब्ध क्यामेरा प्रयोग गरेर हाम्रो आधिकारिक फेसबुक पेजबाट बैठक लाइभ गर्ने तयारी भएको हो । प्राविधिक साथीहरूले काम गरिरहनुभएको छ,” उनले भने, “बैठक सुरु भएपछि सधैँझै मिडियाका साथीहरूलाई फोटो भिडियो खिच्न दिइन्छ । त्यसपश्चात् सबै लाइभ हुन्छ । बेलाबेला मिडिया सेन्टरबाट हामी ब्रिफिङ पनि गर्छौँ ।”

सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । बैठकमा बोलेका सबै कुरा मिडियामा छताछुल्ल भएको र यसले गलत सन्देश गएको भन्दै उनले लाइभ गर्ने प्रस्ताव गरेको देउवानिकट सहमहामन्त्री महेन्द्र यादव बताउँछन् ।

उनका अनुसार सभापति देउवाले आज एक दिन लाइभ गर्ने र प्रभावकारी भए निरन्तरता दिने र नभए लाइभ नगर्ने प्रस्ताव गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid