May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कांग्रेसको २१ बुँदेमा एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १३:३४
कांग्रेसको २१ बुँदेमा एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने
  • पार्टी रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाए 
  • प्रतिवेदनका लागी सभापति शेरबहादुर देउवाले समय दिएनन्
  • कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दियो 

काठमाडौं ।।

नेपाली कांग्रेसको रुपान्तरणका लागि पार्टी रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाएका छन् । सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्नका लागि समय नदिएपछि उनीहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । केन्द्रीय समिति बैठक सुरु हुनुअघि प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदन पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बुझाउने एक नेताले जानकारी दिए । केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तरण अभियान चलाएका थिए ।

कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दिएको छ । प्रतिवेदनमा १४औँ महाधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन यथाशीघ्र गर्न सुझाइएको छ ।

त्यस्तै, रुपान्तरणका लागि हरेक तहका सभापति दुई कार्यकालका लागि सोही पदमा रहन पाउने व्यवस्था जस्तै एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री गर्न नपाउने व्यवस्था गर्न भनिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।