June 19, 2025 | बिहिबार, असार ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘बगान’ फिल्मले सकारात्मक सन्देश दिएको पाएँ : पूर्वराष्ट्रपति भण्डारी

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १२:२९
‘बगान’ फिल्मले सकारात्मक सन्देश दिएको पाएँ : पूर्वराष्ट्रपति भण्डारी
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले पनि  फिल्म ‘बगान’ हेरे
  • फिल्मले समाजमा सकारात्मक सन्देश दिने पूर्वराष्ट्रपति भण्डारीको विचार व्यक्त

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले फिल्म ‘बगान’ हेरेका छन् । मंगलबार बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजमा सकारात्मक सन्देश दिने विचार व्यक्त गरिन् ।

सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्मले एकल महिलाको पुनर्विवाहको कथा पेश गर्छ । राष्ट्रपतिले पूरै समय बसेर फिल्म हेरेकी थिइन् । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रोत्साहित गर्नुपर्ने विषयलाई फिल्मले उठान गरेको बताए ।

पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरे पनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले विवाह नगरे हुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको भन्दै मिश्रले यो विषयलाई सशक्त रुपमा प्रस्तुत गरिएको बताए । पूर्वमन्त्री एवं नेसपा नेतृ हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैं पनि तमाम महिलाको लागि प्रेरणाको स्रोत रहेको बताइन् ।

अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, पूर्वडीआईजी रमेश खरेल, संविधानविद् भीमार्जुन आचार्यले पनि पूर्वराष्ट्रपतिसँगै फिल्म हेरेका थिए ।

विशिष्ट व्यक्तिबाट फिल्मबारे प्रतिक्रिया प्राप्त गरेपछि डेब्यु अभिनेत्री प्रमिला कार्की पुलकित सुनिइन् । उनले भनिन्, ‘मैले सधैं कोही पनि व्यक्ति पुरुष वा महिला भएर भन्दा पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउने गरेको छु । यो फिल्ममा मैले निर्वाह गरेको पात्रले पनि समाज परिवर्तनको बाटो देखाउने हुनुपर्छ र त्यस्तै चाहन्छु ।’

फिल्ममा करिश्मासहित आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । स्वप्नील नीरवको कथामा आधारित रही बनेको यो फिल्मलाई नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्मलाई नेपालपछि अमेरिकामा प्रदर्शनको तयारी भइरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट