April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

पार्टी रुपान्तरण गर्न सभापतिलाई गाली गर्नु भ्रम मात्र हो : राजीव ढुंगाना

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १२:५७
पार्टी रुपान्तरण गर्न सभापतिलाई गाली गर्नु भ्रम मात्र हो : राजीव ढुंगाना
  • सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण हुदैन 
  • त्यो भ्रम बाहेक केही पनि होइन 

काठमाडौ ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा ढुंगानाले भने, ‘पार्टी सभापतिलाई जति बढी गाली गर्यो , त्यति बढी पार्टी रुपान्तरण हुने सोचका साथ एकथरी साथीहरु लाग्नुभएको छ । त्यो भ्रम बाहेक केही पनि होइन ।’

जनताले कांग्रेसमा रुपान्तरण कार्यक्रम र मुद्दामा खोजेको उनले बताए । पार्टी बैठकबाट जनताका लागि कांग्रेसले के निर्णय  गर्यो , नागरिकले हेरिहेको नेविसंघका पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले बताए ।

तिनै तहका सरकारले प्रभावकारी काम गरे २०८४ को चुनाव देखेर अहिले डराउनुपर्ने अवस्था नरहेको उनले बताए । ‘कार्यकर्तामा आएको संशय यो केन्द्रीय समिति बैठकले चिर्नु पर्दैन र ? नयाँ पार्टी नयाँ नाराका साथ उदाएका हुन् त ? हाम्रो प्रवृत्ति पनि जिम्मेवार छ । गम्भिर रुपमा खोतल्नुपर्ने बेला आएको छ,’ ढुंगानाले भने ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट