May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

‘धर्मनिरपेक्ष’ हटाउने, संघीयताको विकल्प खोज्नुपर्छ : शंकर भण्डारी

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १५:५२
‘धर्मनिरपेक्ष’ हटाउने, संघीयताको विकल्प खोज्नुपर्छ : शंकर भण्डारी
  • संविधान दिवस मनाउने विषयमा शंकर भण्डारीको आपत्ति
  • विवादास्पद संविधानलाई कांग्रेसले मनाउन सक्दैन 

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउने विषयमा आपत्ति जनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार उनले महामन्त्रीले संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए ।

“विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ ? यसमा मेरो घोर असहमति छ,” उनले भने ।
०४७ सालमा कांग्रेसकै स्वामित्वमा संविधान जारी गरिएको र अहिले ती एजेन्डा नभएकाले पहिले जस्तो स्वामित्व अहिले नरहेको उनको भनाइ छ ।

“संविधान हामीले बनाएको हो । ०४७ सालमा हामीले बनाएको हो । ०४७ सालको संविधान बनाउँदा जति हाम्रो ओनरसिप थियो । अहिले ओपनसिप त्यति छैन,” उनले भने ।

संविधानमा उल्लेखित ’धर्मनिरपेक्ष’ भन्ने शब्द हटाउनुपर्छ भनेर कांग्रेस बोल्नुपर्ने बताए । संघीयता महँगो भएकाले विकल्प खोज्नुपर्ने उनको भनाइ छ । निर्वाचन प्रणालीमा पनि विचार गर्नुपर्ने भण्डारीको उनले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।