May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

एनपी साउद : सत्ता नपाएर केहि पार्टी तिल्मिलाएका छन्

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १५:३५
एनपी साउद : सत्ता नपाएर केहि पार्टी तिल्मिलाएका छन्
  • नेपाली कांग्रेसका नेताले आर्मी माथि केही पार्टीले आक्रमण गरे
  • बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको 
  • विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको
  • २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको

काठमाडौं।।

नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको बताए ।

विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको उनले बताए । ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ साउदले भने ।

असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले बताए । सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको उनले दाबी गरे ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन साउदले अदालतको विचाराधिन मुद्धामा बोल्नुपर्ने अवस्था नरहेको बताए । ‘अदालतको निर्णय पनि हामीले पर्खनुपर्दछ । पार्टीमा १, २, ३ जनाको कुरा मात्रै होइन । पत्रिकाले लेखेको कुराको आधारमा पार्टीलाई हित गर्दैन,’ साउदले भने ।

पार्टीमा २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको बताए ।

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट