May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सङ्घीयताको लाभ जनताले अनुभूत गर्न सकेनन्: सिटौला

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० ११:१६
सङ्घीयताको लाभ जनताले अनुभूत गर्न सकेनन्: सिटौला

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमानदारीका साथ पूरा गर्ने बताएका छन् ।

विराटनगरमा बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा बोल्दै उनले सङ्घीयताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा सङ्घीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताए ।

लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सिटौलाले भने, ‘यो व्यवस्था जनताका लागि आएको हो । जुन सङ्कल्प गरेर यो व्यवस्था ल्याएका हौँ त्यसअनुसार काम गर्न सकेका छैनौँ, त्यो उद्देश्य पूरा गर्नेतर्फ हामी जिम्मेवारीका साथ राष्ट्रिय सभामा गएर काम गर्नेर्छौ ।’

सङ्घीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न बनाएर सरकारजस्तो बनाउन भूमिका खेल्ने बताए ।

सङ्घीयता कार्यान्वयनका हिसाबले पहिलो पाँच वर्ष त्यसै खेर गएको टिप्पणी गर्दै सिटौलाले भने, ‘पहिलो पाँच वर्ष सङ्घीयता कार्यान्वयन गर्न नसकी खेर गएको छ । जसले जनतालाई विकासको अनुभूति दिलाउन सकेन । प्रदेश सरकार वास्तवमा सरकार हुन पाएन, अब प्रदेशलाई आवश्यक कानुन दिने, शिक्षा, स्वास्थ्य, र अन्य विषयमा प्रदेशलाई जिम्मेवार बनाउने गरी संविधान कार्यान्वयन गर्नेतर्फ हाम्रो भूमिका रहनेछ ।’

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० ११:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।