sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपसभापति र महामन्त्रीहरु मिल्नुपर्छ : चन्द्र भण्डारी

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १६:२८
उपसभापति र महामन्त्रीहरु मिल्नुपर्छ : चन्द्र भण्डारी
  • उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने
  • उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह

काठमाडौं ।।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘तपाईहरु उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईहरुसँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । चाहे कृष्ण सिटौला होस् । चाहे शेखर कोईराला होस् । हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो ।

आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ । त्यसकारण म सुझाव दिन चाहन्छु तपाईहरुले टिम बनाउनुस् । त्यो टिम बनाउनुभयो भने तपाईहरुलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ । टिम बनाउनुस् । ‘

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए । उनले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गरे ।

‘हामीले आन्दोलन गर्न जान्यौँ । सत्ता चलाउन जानेनौँ । म आग्रह गर्न चाहन्छु, आदरणीय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु, आदरणिय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ । ८० वर्ष पुग्न थाल्नुभएको छ । जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ अब उहाँहरुले नेतृत्व लिनुपर्यो।’

उनले केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

‘बिपी कोईराला त एक्लै पुग्न सक्नुभएन । जोसँग सबैकुरा थियो । मैले आज युवा तरुण साथीहरुलाई आग्रह गरेँ, भन्नुस् शेरबहादुरजीलाई यत्रो केन्द्रीय समिति बन्यो, सदस्यहरु बने आफ्नै कनिकाहरुको बारेमा लौन फलानालाई राख्नुपर्छ भन्न नसक्नेहरुले भोलि अरुको प्रतिनिधित्व गर्न सक्दैनँ । भाषण गरेर हुँदैन । उत्तर दिएर हुँदैन ।

अब त प्रश्न गर्न जान्नुपर्छ । यो जमाना आयो ।’ उनले भने । उनले टिम नै बनाएर अगाडि बढ्न पनि आग्रह गरे । टिम बनाएर अगाडि बढेमा युवाहरुलाई स्वागत गर्न समयले पर्खिरहेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid