April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मेचीनगरमा भोलीबाट इण्डो-नेपाल कराते प्रतियोगिता

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १६:१२
मेचीनगरमा भोलीबाट इण्डो-नेपाल कराते प्रतियोगिता
  • मेचीनगरमा इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने
  • ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप-२०२३
  • भारतको गुजरात, कलकत्ता, सिक्किम र  बागडुग्राका खेलाडीहरु पनि सहभागि हुने 
  • पाँचथर, कटारी, विराटनगर र धरानका खेलाडीहरु आउने क्रम जारी 

मेचीनगर । अभिशेक दवाडी ।।

मेचीनगरमा इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भोली (शनिबार) बाट ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप-२०२३ आयोजना हुने भएको हो ।

प्रतियोगिता भदौ १६ र १७ गते (भोली र पर्सी) काँकरभिट्टा स्थित टाउनहलमा आयोजना हुँदैछ भने प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरु आउने भएका छन् । कार्यक्रमका संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री राजु महर्जन छन् भने रेफ्री संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामी छन् ।

कार्यक्रमका व्यवस्थापक बम बहादुर श्रेष्ठ (शम्भु) का अनुसार प्रतियोगिता आयोजनाका लागि १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि अधिकांश खेलाडीहरु काँकरभिट्टा आइसकेका छन् भने केहि खेलाडीहरु आउने क्रममा रहेको कार्यक्रमका व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतको गुजरात, कलकत्ता, सिक्किम, बागडुग्रा लगायतका स्थानबाट खेलाडीहरु आइसकेका छन् । नेपालको पाँचथर, कटारी, विराटनगर, धरान लगायतका स्थानबाट भने खेलाडीहरु आउने क्रममा छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।