April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजियो : प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० ११:२४
राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजियो :  प्रधानमन्त्री
  • राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बन्यो 
  • संसद् अवरोध गरेको विषयप्रति असन्तुष्टि
  • स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्नु गलत 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको टिप्पणी गरेका छन् । इटाली भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

सुन तस्करी प्रकरणमा नेकपा (एमाले)ले अर्थमन्त्री डा. प्रकाशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्र्र्र्दै संसद् अवरोध गरेको विषयप्रति उनले असन्तुष्टि व्यक्त गरे । केही दिनअघि एमालेले प्रधानमन्त्री प्रचण्डको पनि राजीनामा मागेको थियो ।

“राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,” उनले भने ।

स्पष्टीकरणको मौका नै नदिई राजीनामा नदिए सदन चल्न नदिने निर्णय गर्ने कल्चर उचित नभएको उनको भनाइ छ । “प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीको स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने राजनीति कल्चरले हामीलाई राम्रो ठाउँतिर लाँदैन,” प्रधानमन्त्रीले भने ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट