sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बहुमत पुगेन भने अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन : हिक्मतकुमार कार्की

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:५७
बहुमत पुगेन भने अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन : हिक्मतकुमार कार्की
  • १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने
  • साना-साना दल जान्छन् भने ठूलो दल नजाने भन्ने कुरै हुँदैन
  • नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा
  • बहुमत पुगेन भने अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन

 विराटनगर ।।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् । त्यसका लागि विभिन्न दलहरुसँग कुराकानी गरिरहेको उनले जानकारी दिए ।

आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘साना-साना दल जान्छन् भने ठूलो दल नजाने भन्ने कुरै हुँदैन । हामी अहिले ४० सिटको दल हौं । अरु दलहरुसँग हाम्रो कुराकानी भइरहेको छ । कुनै पनि दलको समर्थन प्राप्त हुनेबित्तिकै हामी बहुमतको दाबी १७ गते भित्र गर्छौं ।’
कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको छ । सर्वोच्चले संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि सरकारमा दाबी प्रस्तुत गर्ने सो दलका नेता कार्कीले बताए । एमालेले बहुमत जुटाउने सम्भावनाबारे पत्रकारको जिज्ञासामा उनले भने, ‘कुराकानी गर्दैछौं, त्यसमा त के भन्न सकिन्छ र । कहिलेकाहिँ एक सिट पनि कम हुन्छ, कहिलेकाहिँ ६० सिट पनि पुग्छ ।’

उनले नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले खुला रहेको समेत बताए । ‘त्यसमा हामी ओपन नै छौं,’ कार्कीले भने, ‘मेरो मान्यता के छ भने अहिले देशका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा मुलुकको डेमोक्रेसीलाई संस्थागत गर्ने कुरा, संविधानलाई संस्थागत गर्ने कुरा, कानुनी राज्यलाई स्थापित गर्ने कुरा लगायतका तमाम उठिरहेका राजनीतिक मुद्दाहरुमा हाम्रा कुराहरु मिल्छन् भने हामी अगाडि बढ्न तयार छौं ।’

कांग्रेसलाई मुख्यमन्त्री दिन तयार हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मुख्यमन्त्री ठूलो कुरा होइन, मुख्यमन्त्री दिन जोसुकैलाई पनि सकिन्छ । यदि आफूसँग बहुमत पुगेन भने अरु कुनै पनि दलले मुख्यमन्त्री लिएर अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन ।’ मुख्यमन्त्री आधा-आधा कार्यकाल बाँड्ने कुरामा कांग्रेस स्पष्ट भएर आए त्यसमा पनि आफूहरु तयार हुनसक्ने कार्कीले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid