July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सबै जिल्लामा कांग्रेसले पार्टी संगठन गर्ने

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १३:३४
सबै जिल्लामा कांग्रेसले पार्टी संगठन गर्ने
  • कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने
  • केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिने 
  • नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने

 काठमाडौं ।।

पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ ।

पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका छन् । पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको छ । सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् ।

पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । ‘अपूर्ण रहेको कार्यसमिति छ भने सबै संरचनामा पूर्णता दिने कार्य हुन्छ,’ महामन्त्री गगन थापाले भने, ‘बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने कार्य केन्द्रीय सदस्यहरुले गर्नुहुन्छ ।’

केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ । ‘भ्रातृ संस्था, शुभेच्छुक संस्था, विभागलाई सबैलाई पूर्णता दिन लगाउने काम गर्नुहुन्छ । नयाँ क्रियाशील वितरण, नवीकरण, अनलाइन प्रणाली जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ,’ महामन्त्री थापाले भने ।

केन्द्रीय समितिले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिले केन्द्रबाट लगेका हुन्छन् । त्यस अनुसार सेवा दल गठनको प्रक्रिया सुरु गराउन सहजीकरण केन्द्रीय सदस्यहरुले गर्नेछन् ।

पार्टी भित्र विवादका कारणले आन्तरिक संरचनामा परेको समस्या समाधान गर्न केन्द्रीय सदस्यले भूमिका खेल्ने छन् । जिल्ला कार्यसमितिले अनुशासन सिफारिस गरेकै आधारमा कारबाही भएको भनि बोलचालको अवस्थासमेत नभएको कतिपय स्थानका उदाहरण छन् । ‘अनुशासनको सिफारिस गर्न पाए पनि अन्तिम निर्णायक तलको समिति हुँदैन,’ महामन्त्री थापा भन्छन्, ‘प्रतिनिधि भएर खटिएको केन्द्रीय सदस्यले समाधान गर्न सकिनेलाई मिलाउँछन् । आफूले टुंगाउन नसक्ने अवस्था भए केन्द्रमा रिपोर्ट ल्याउँछन् ।’

दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ ।दोस्रो चरणलाई समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनिएको छ । ‘केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम हुन्छ,’ महामन्त्री थापाले जानकारी दिए ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट