November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

देश बनाउने कुरा इमान्दारितामा भर पर्छ : अध्यक्ष नेपाल

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १५:३७
देश बनाउने कुरा इमान्दारितामा भर पर्छ : अध्यक्ष नेपाल
  • नेपालले इमानदारिताबाट मात्र देशले सफलता प्राप्त गर्ने
  • आफूलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास हुन्न 

काठमाडौं ।।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इमानदारिताबाट मात्र देशले सफलता प्राप्त गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै नेताहरू बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताए ।

आफूलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको उनले उल्लेख गरे । कुनै पनि कार्य गर्न इमान्दारिता मुख्य कुरा रहेको भन्दै उनले सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्नेमा जोड दिए ।

“जेसुकै गर्नका लागि पहिलो कुरा इमान्दारिता हो । आफूप्रति इमानदार होऔँ । आफ्नो पढाइप्रति इमान्दार होऔँ । र, मिहिनेती बन्नुपर्छ । इमान्दार र मिहिनेती भयो भने जस्तोसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ । अल्छी मान्छेले केही गर्न सक्दैन । अल्छी हुनु हुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नु हुँदैन । हामी आफ्नो देश बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न खडा भएको छ ।

हामी नेपालीहरू देश निर्माण गर्नका लागि सक्षम छौँ कि छैनौँ , यी प्रश्नहरू विभिन्न देशमा उठेका छन् । हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ । हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौँ,” उनले भने, “हामी आफूलाई केन्द्रविन्दुमा राख्ने गरेका छौँ । देश र जनतालाई केन्द्रविन्दुमा राखेका छैनौँ । देशको हितलाई केन्द्रविन्दुमा राख्यौँ भने, देशलाई आँच आयो भने, हाम्रो स्वाधीनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीहरूलाई त्यो स्वीकार्य हुँदैन ।

जनताको सन्दर्भमा पनि जनतामा भेदभाव, अन्याय, अत्याचार भयो भने, थिचोमिचो भयो भने अनि एउटाले अर्कोलाई विभिन्न हिसाबले गरिब भनेर हेला गर्ने, दलित भनेर हेला गर्ने, विपन्न भनेर हेला गर्ने यस्तो प्रवृत्ति भयो भने यो देशले प्रगति गर्न सक्दैन ।” संविधानमा थुप्रै अधिकारहरू उल्लेख्य भए पनि त्यो कार्यान्वयनमा कमी देखिएको उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १५:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्