WordPress database error: [Disk full (/tmp/#sql-temptable-c6769-46679-46cc.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं ।।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा गएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् ।

उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्विट्जरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

