April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

काभ्रेमा थप दुई जना कोरोना संक्रमितको निधन, ६ जना नयाँ संक्रमित थपिए

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १८:0५
काभ्रेमा थप दुई जना कोरोना संक्रमितको निधन, ६ जना नयाँ संक्रमित थपिए

काभ्रे : काभ्रेमा दुई जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा पाँचखाल नगरपालिकाका ५३ बर्षीय पुरुष र दोलखाका ७७ बर्षीय महिला छन् । धुलिखेल अस्पतालमा उपचार गराइरहेका उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो सँगै काभ्रेमा कोरोना भाइरसबाट निधन हुनेको ४० पुगेको छ । यसैबीच आज जिल्लाका ३० जना कोरोना भाइरस मुक्त भएका छन् । संक्रमित भएर अस्पताल र आफ्नै घरको आइसोलेसनमा बसेका ३० जना भाइरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या २९ सय ४ पुगेको छ । यस्तै जिल्लामा आज ६ जना नयाँ संक्रमित थिएका छन् । थपिनेमा बनेपा नगरपालिका ३ पुरुष, धुलिखेल नगरपालिकाका १ महिला, पनौती र मण्डनदेउपुरका १÷१ जना महिला रहेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ३१ सय ८ पुगेको छ । होम आइसोलेसनमा १५७ र अस्पतालको आइसोलेसनमा ७ जना रहेका छन् ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १८:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट