sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रोटरी क्लव अफ मेचीनगर हाक्ने जिम्मा सविता नेतृत्वलाई ,मेचीनगरमा डाइलासिस मेशिन जडान गर्ने प्रतिवद्धता

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १९:५९
रोटरी क्लव अफ मेचीनगर हाक्ने जिम्मा सविता नेतृत्वलाई ,मेचीनगरमा डाइलासिस मेशिन जडान गर्ने प्रतिवद्धता

झापा, साउन २३ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष रुपमा सविता भण्डारी भेटवालले कार्यभार सम्हाल्नु भएको छ । आज क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रमका बिच रोटरी क्लव अफ मेचीनगरका निवर्तमान अध्यक्ष अनन्तप्रकाश वस्तीले रोटरी ग्यावल नव निर्वाचित अध्यक्ष भेटवाललाई दिंदै पद हस्तान्तरण गर्नु भएको हो ।

होटल मेची क्राउनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रोटरीका डिस्ट्रीक गर्भनर राजेन्द्र धोजुले नव निर्वाचित अध्यक्ष भेटवाललाई रोटरी कलर पहिर्याएर पद बहाली गराउनु भएको थियो ।

कार्यक्रमकाबीच रोट्रयाक्ट क्लव अफ मेचीनगरको समेत पद हस्तान्तरण भएको थियो । निवर्तमान अध्यक्ष विशाल कार्कीले नवनिर्वाचित अध्यक्ष श्याम शिवाकोटीलाई पद हस्तान्तरण गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रोटरीका डिस्ट्रीक गर्भनर धोजु, विषेश अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान अध्यक्ष अनन्त वस्ती, रोट्रयाक्ट क्लवका निवर्तमान अध्यक्ष विशाल कार्की, नवनिर्वाचित अध्यक्ष श्याम शिवाकोटी लगायतले मन्तव्य राख्नु भएको थियो ।

कर्यक्रममा स्वीकारोक्ती मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष भेटवाल ।

कार्यक्रमका सभापति रोटरी क्लव अफ मेचीनगरकी सन २०२३–२०२४ अध्यक्ष सविता भेटवालले स्वीकारोक्ती मन्तव्य राख्दै यो बर्ष विभिन्न सामाजिक र सेवामुलक कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । वहाँले यो मेचीनगरमा कम्तिमा दुई वटा डाइलासिस मेशिन जडान गरेर सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो । डाइलासिस मेशिन सञ्चालन गर्न मेचीनगर नगरपालिका र अन्य संघ संस्था र रोटरी क्लवका सदस्यहरुलाई सहयोगको अपिल समेत गर्नु भएको थियो ।

मानार्थ सदस्य ग्रहण गर्दै गायक रसाइली ।

गायक तथा संगीतकार कमल रसाइलीलाई रोटरी क्लव अफ मेचीनगरको मानार्थ सदस्य समेत प्रदान गरिएको कार्यक्रममा रसाइलीलाई रोटरीका डिस्ट्रीक गर्भनर धोजु र मेचीनगर प्रमुख बुढाथोकीले संयुक्त रुपमा रोटरीको मानार्थ सदस्यताको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । रोटरी क्लव अफ मेचीनगरका प्रेसिडन्ट इलेक्ट कमल प्रसाद कोइरालाले स्वागत गर्नु भएको कार्यक्रममा प्रेसिडेन्ट नोमिनी सर्मिला पाठकले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid