April 19, 2025 | शनिबार, बैशाख ७, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

ओली र देउवासँग प्रचण्डको पालैपालो गोप्य गफ

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १४:३१
ओली र देउवासँग प्रचण्डको पालैपालो गोप्य गफ
  • संसदको अवरोध खुलाउने विषयमा 
  • ओली र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेटर्वार्ता
  • विगतमा सामुहिक भेट्दै आएका प्रचण्डको बुधबार छुट्टाछुट्टै गफ 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विगतमा सामुहिक भेट्दै आएका प्रधानमन्त्री प्रचण्डले बुधबार छुट्टाछुट्टै भेटेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटानरमा भएको भेटमा संसदमा जारी अवरोध र अन्य राजनीतिक विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेले साउन १० गते यता प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । संसद नचलेका कारण संसदीय समितिका सभापति चयन लगायतको प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले प्राथमिकतामा राखेर संसदमा दर्ता गरेका विधेयकहरु अड्किएको र त्यसले नेपालकै छविलाई समेत अप्ठ्यारो पार्न सक्ने भनी शीर्ष नेताहरुको समेत ध्यानाकर्षण गरेका छन् । मनि लाउन्डरिङ सम्बन्धी विधेयक, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक परिषद सम्बन्धी विधेयक पारित गर्नमा बिलम्ब भएको प्रधानमन्त्री प्रचण्डको गुनासो छ ।

 

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट