May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

एक घण्टासम्म अनेरास्ववियुको चक्काजाम

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १0:३५
एक घण्टासम्म अनेरास्ववियुको चक्काजाम
  • अनेरास्ववियुको बुटवलमा एक घण्टासम्म चक्काजाम
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध
  • मूल्यवृद्धि फिर्ता लिन माग गर्दै 

बुटवल ।।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए ।

नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको हो ।

अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा चक्काजाम गरेको अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए । सो क्रममा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

 

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट