sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भदौ १६ र १७ गते एमालेको भब्य अधिवेशन हुँदै

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० ११:२४
भदौ १६ र १७ गते एमालेको भब्य अधिवेशन हुँदै
  • अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने
  • भदौ १६ र १७ गते बुटवलमा गर्ने कार्यतालिका तय
  • प्रतिनिधिहरुले आवासको व्यवस्थापन आफै गर्नुपर्ने

बुटवल ।।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले सात प्रदेशमध्ये लुम्बिनी प्रदेश अधिवेशन सबैभन्दा अगाडि आगामी भदौ १६ र १७ गते बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ । बुटवल-१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुने अधिवेशनमा सहभागी हुन एमालेले प्रदेशका १०९ वटै पालिकामा भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गर्ने प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामा कुल ८२ हजार ३०३ जना पार्टी सदस्य रहेका कंडेलले बताए । कुल पार्टी सदस्य संख्याबाट खुल्लातर्फ १०० जना पार्टी सदस्य बराबर एक जना, दलिततर्फ ७५ जना सदस्य बराबर एक, जनसंगठनतर्फ प्रदेश महासंघबाट पाँच जना र अन्यबाट तीन जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको मापदण्ड तय गरिएको अध्यक्ष कंडेलले बताए ।

‘प्रतिनिधि छनोटमा दोहोरोपन र कुनै कैफियत नहोस् भनेर बाह्र जिल्लाका एक सय नौ वटै पालिकामा एकैपटक छनोट गर्ने विधि अपनाएका हौं,’ अध्यक्ष कंडेलले भने, ‘अधिवेशनमा एक हजार जना हाराहारीमा प्रतिनिधि हुन्छन्,त्यसमा थोरै संख्या तलमाथि हुनसक्छ ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीका कामहरु अघि बढाइएको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुले आवासको व्यवस्थापन आफै गर्नुपर्ने नियम बनाइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid