April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन, उपसभामुख चै काठमाडौं लागिन्

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १0:४३
मुख्यमन्त्रीले विश्वासको मत लिने दिन, उपसभामुख चै काठमाडौं लागिन्
  • कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं गइन् 
  • बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौंतिर लागिन्
  • अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल गइन् 
  • सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्न दिइन् जिम्मेवारी

विराटनगर ।।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं गएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं गएकी हुन् ।

एमालेबाट निर्वाचित उपसभामुख दनुवार आज बिहान एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं गएकी हुन् । दनुवार आइतबार बेलुका नै काठमाडौं जान खोजेकी थिइन् । ‘हिजै जाने तयारी थियो तर टिकट पाइएन, गाडीमा जाने तयारी भए पनि जानु भएन,’उनी निकट स्रोतले भन्यो, ‘आज पहिलो फ्लाइटमा जानु भयो ।’

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपसभामुख दनुवार बिहान ८ बजेको फ्लाइटमा काठमाडौं गएको बताए । उनका अनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौं गएकी हुन् ।

मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् । किनकी ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत ९४७ मत  मात्रै छ ।

सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् ।

अध्यक्ष मण्डलमा उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने बताएका छन् । अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् ।

आजको बैठकमा अनुपस्थित हुन नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरूलाई निर्देशन दिएका छन् । दलको निर्देशन पछि एमालेका ७ र राप्रपाका एक सांसदले जरुरी घरायसी काम परेको भन्दै केही दिन बैठकमा उपस्थित हुन नसक्ने सूचना दिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ, जुन कठिन बहुमत हो । उनको विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।

संविधानको धारा १६८ को २ अनुसार गत साउन १६ गते सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत नपाए सोही धाराको उपधारा ३ अनुसार ठूलो दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् । वर्तमान सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने एमालेको रणनीति छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट