May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

कांग्रेसका मन्त्रीहरुसँग उपप्रधानमन्त्री खड्काले गरे छलफल

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १६:४९
कांग्रेसका मन्त्रीहरुसँग उपप्रधानमन्त्री खड्काले गरे छलफल
  • पूर्णबहादुर खड्काद्वारा नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल 
  • छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी
  • केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना

काठमाडौं ।।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् । सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री बनेका नेताहरुसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् । क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको एक मन्त्रीले जानकारी दिए ।

गत महिना भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो । पछिल्लो समय सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर ल्हारक्याल लामाको नियुक्तिजस्तो विवादास्पद विषयको जिम्मा कांग्रेसले पनि बोक्नुपरेको केही नेताहरुले बताएका थिए ।

संसदीय दलको बैठकमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग असन्तुष्टि राखेको जवाफ दिएका थिए ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट