sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केपी ओलीले नै देशलाई संकटमा लैजाँदैछन् : घनश्याम भुसाल

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १६:0६
केपी ओलीले नै देशलाई संकटमा लैजाँदैछन् : घनश्याम भुसाल
  • गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरे
  • प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु हो 
  • उसले राम्रो वा नराम्रो जे पढाए पनि करोडौंले एकै पटकमा सिक्ने

काठमाडौं ।।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु भएको बताए ।

उसले राम्रो वा नराम्रो जे पढाए पनि करोडौंले एकै पटकमा सिक्ने भन्दै भुसालले भने, ‘आज नेपाली राजनीति, सामाजिक मिडियामा निन्दा भत्र्सना, गालीगलौजको डरलाग्दो बाढी आएको छ, यो विकृतिको करण ओलीजी हो ।’ ओलीको व्यक्तिवादी लोक रिझ्याईको राजनीति ठक्कर खाएपछि नयाँ पपुलिस्टहरु आएको भुसालले बताए ।

नयाँ राजनीतिक दलहरुतर्फ संकेत गर्दै उनले भने, ‘तिनीहरुले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् । तिनका कुरा सुन्नुस्, भाषा सुन्नस्, राजनीति केही होइन, चुट्कीका भरमा गर्ने हो भनेर सोच्दैछन् ।’ यो फन्टुस नयाँ जेनेरेसन भएकाले नै आफूले ओलीको मानषपुत्र भनेको भुसालको तर्क छ ।

एमालेले हस्तक्षेप नगर्ने उनको दाबी छ । ओलीकै कारण एमाले झन संकटग्रस्त बस्ने भन्दै उनले सुनाए, ‘जति संकटग्रस्त बन्छ, अझबढी ओली भक्ति चाहन्छ । जति बढी भक्ति हुन्छ, त्यति बढी संकट आउँछ । जति बढी संकट आउँछ, त्यति नै बलियो, ओलीप्रति समर्थण, पूजाले मात्र पूरा गर्छ ।’ ‘संकटमा पर्ने, अझबढी ओलीवादी हुने, संकटमा पर्ने, अझ बढी ओलीवादी हुने एमालको प्रवृत्ति हो । यसबाट एमाले १-२-३ निस्कन सक्दैन’, उनले अघि भने ।

संविधानलाई कार्यान्वयन गरेर मुलकलाई निकास दिन कांग्रेसको सिद्धान्तले नदिने उनको दाबी छ । एकीकृत समाजवादीका महासचिव भुसाल भन्छन्, ‘यो बेलामा हाम्रो भूराजनीतिका कारणले हाम्रो समाजको विविधताभित्र खेलेर हामीलाई भाँड्ने, भड्काउने, आपसमा जुधाउने शक्तिहरु विस्तारै सक्रिय हुँदैछन् ।’

सामाजिक सञ्जाल हेर्ने हो भने कताकता धार्मिक वा जातीय विद्वेषका रुपमा देखिन थालेको उनले बताए । नेपालको विविधता असाध्यै सुन्दर भए पनि गरिबीलाई हस्ताक्षेप गर्न नसक्ने हो भने संकट आउन सक्ने भुसालले बताए । ‘कंगालीको विविधताले डरलाग्दो परिणाम ल्याउनसक्छ । यो गोदामको बारुद जस्तो हुनसक्छ ।

कुनै पनि बेला राष्ट्रिय जीवन भताभुङ्ग हुने दिशामा जान सक्छ’, उनले भने । संविधानलाई कार्यान्वयन गर्दै भविश्यतर्फ डोहोर्याउने प्रगतिशील शक्ति आवश्यक रहेको समाजवादीका महासचिव भुसालले बताए ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid