May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

नेपाल र भारतबीचको क्रिकेट हेर्न विद्यालय नै बन्द

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० ११:१८
नेपाल र भारतबीचको क्रिकेट हेर्न विद्यालय नै बन्द
  • नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेदेखि विद्यालयहरु बिदा
  • अन्तिम खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्यान्डीमा हुँदै
  • कक्षा संचालन नगर्न सम्पूर्ण विद्यालयसँग खेलकुद प्रमुख अन्जु पाण्डेको आग्रह 

जनकपुरधाम ।।

आज श्रीलंकामा हुने एसिया कप-२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ ।

उपमहानगरको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै दिउँसो २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।

‘जनकपुरधाम उप-महानगरका अन्तर्गत राम-जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ’ उनले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि भदौ १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले अकास्मिक सूचना जारी गर्दै विद्यालयहरुमा बिदा दिएको थियो । आज नेपाल र भारतबीचको एसिया कप समूह ए को अन्तिम खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्यान्डीमा हुँदैछ ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट