May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताकामा छ : परराष्ट्रमन्त्री

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १३:२१
नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताकामा छ  : परराष्ट्रमन्त्री
  • नेपालको व्यापार घाटा कम गराउने विषयलाई  एनपी साउदले प्राथमिकता दिने 
  •  निर्यात बढाउन सकिने वस्तुका विषयमा छलफल गर्ने 
  • नेपाल-चीन नाकालाई सहज बनाउने विषयमा पनि छलफल हुने

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी गराएका छन् ।

सोलखुम्बुमा सोमबार विहान पत्रकार भेटघाटमा मन्त्री साउदले व्यापार घाटा कम गर्न निर्यात बढाउन सकिने वस्तुका विषयमा छलफल हुने बताए । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आएका बेला प्रतिवद्धता गरेका अनुदानका राशिहरुको लागि योजना छुट्याउने गृहकार्यमा गरिरहेको साउदले बताए ।

भ्रमणमा नेपाल-चीन नाकालाई सहज बनाउने विषयमा पनि छलफल हुने उनले जानकारी दिए । ‘सिजनल नाकाहरुलाई पनि सहज बनाएर सीमा क्षेत्रको जीवन उपयोगी बनाउन चाहन्छौं,’ मन्त्री साउदले भने ।

प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत् आयोजना, प्रसारण लाइन, कृषि क्षेत्र, सडक पूर्वाधार लगायतमा नेपालका छलफलका एजेण्डा भएको साउदले बताए ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।