sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वतन्त्र सांसद अनिरुद्धसिंहमाथी ज्यान मुद्दा

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० ११:0७
स्वतन्त्र सांसद अनिरुद्धसिंहमाथी ज्यान मुद्दा

जनकपुरधाम ।।

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेको बारे मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गरी जानकारी गराएको छ ।प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना जारी गरेका हुन् ।

‘… निज अनिरूद्ध सिंह यादवलाई प्रस्तुत मुद्दाको सन्दर्भमा कानुन बमोजिम हुन आजैको मितिमा पकाउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा पेस गरिएको भन्ने व्यहोराको जानकारी माननीय सभामुखज्यूलाई प्राप्त हुन आएकोले माननीय सभामुखज्यूको निर्देशनमा प्रदेश सभा कार्यसंचालन नियमावली, २०७४ को नियम २१० को उपनियम (२) बमोजिम यो सूचना गरिएको छ,’ सूचनामा उल्लेख छ ।’

सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा सोमबार दिउँसो २ : ५५ बजेको समयमा राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको हो ।

 

बोदेबर्साइन नगरपालिका-५ का सांसद यादवलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा पेस गरिएको थियो । उनलाई पुनः मंगलबार पेस गर्ने गरी प्रहरीलाई हिरासतमा राख्न अदालतले भनेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस-५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या भएको थियो ।

मृतककी दिदी धनगढी गाविस-३ की  रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्य ज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

जाहिरीपरेपछि यादव फरार भएका थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचीमा थिए । यद्यपि उनी प्रत्यक्ष चुनाव लडेर जित्दासमेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid