sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आत्महत्या न्यूनीकरणका लागि सचेतना कार्यक्रम गर्दै माओवादी

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:२६
आत्महत्या न्यूनीकरणका लागि सचेतना कार्यक्रम गर्दै माओवादी
  •  कमिटीले आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गर्दै 
  • प्लेकार्डसहित निकालिएको र्‍यालीले स्वयम्भु परिसरको परिक्रमा गर्यो 

काठमाडौं ।।

विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र कामनपा १५ नं वडा कमिटीले आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम आयोजक तथा माओवादी केन्द्र १५ नं वडा कमिटी अध्यक्ष तारा बहादुर रानाभाटले आत्महत्या नेपालमा गम्भीर समस्या भएको तर बाँच्दा हजार विकल्पहरु रहेको र समाज, टोल, छिमेक र विद्यालयमा आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

‘जीवन अमूल्य छ’, ‘आत्महत्या विकल्प होइन’जस्ता कयौ नारा लेखिएको प्लेकार्डसहित निकालिएको र्‍यालीले स्वयम्भु परिसरको परिक्रमा गरेको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव सन्तु दराइ, माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति सदस्य तथा विपद व्यवस्थापनविद सुजन गिरी, माओवादी केन्द्र उपत्यका विशेष प्रदेस समिति सदस्य तथा लोकप्रिय संगीतकार लक्ष्मण पोखरेल, ‍सुरक्षाकर्मी,

समाजसेवीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश सदस्य सुजन गिरीले मानिसहरुले आत्महत्या एकैपटक नगर्ने र लामो समयको निराशा नै आत्महत्यामा बदलिने तथा आत्महत्या न्यूनीकरणका लागि समाजका सबै पक्षहरु लाग्नुपर्नेमा जोड दिए । त्यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव दराइले सरकार नीति निर्माण तहदेखि गम्भीर ढंगले आत्महत्या न्यूनीकरणमा लागेको तथा आगामी दिनमा यससम्बन्धी थप पहल गरिने बताए ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid